सिटिजन लाइफ इन्स्योरेन्स, कावासोती शाखाले आज एक कार्यक्रम गरि बिमा दाबी भुक्तानी गरेको छ। घाँस काट्ने क्रममा भिर बाट लडि मृत्यु भयकी मृतक पिहिसरा सार्की को परिवार लाई आज बुलिङ्टार-५, कुतिया स्थित उहाकै घरमा गइ मृतकका परिवारलाई साठी लाखको चेक हस्तान्तरण गरिएको कुरा शाखा प्रमुख जगत ढकालले जानकारी दिनु भयो। उक्त कार्यक्रम बोल्दै मृतका श्रीमान लाल वहादुर नेपालिले बिमा बाट धेरै राहत हुने कुरा सुनेको तर आज आफैलाइ पर्दा महसुस गरेको कुरा व्यक्त गर्नु भयो। वडा प्रतिनिधि, विभिन्न सहकारीका ब्यवस्थापक, शिक्षक, एजेन्सी म्यानेजरको उपस्तिथिमा भएको उक्त कार्यक्रमको सन्चालन एजेन्सी म्यानेजर अमृत पोख्रेलले गर्नु भएको थियो।
सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो ६० लाख बराबरको बिमा दाबी भुक्तानी