पुस १७ गते निर्वाचित शिवमन्दिर महिला बहुउदेश्यीय सहकारी संस्थाको कार्यसमितिको पद हस्तान्तरण तथा सपथ ग्रहण आज भएको छ ।
सहकारीको सातौँ अधिवेशनमार्फत गिता देवी अर्यालको अध्यक्षतामा चुनिएको ११ सदस्यीय कार्य समितिलाई पद हस्तान्तरण तथा सपथ प्रदान गराईएको हो ।
नयाँ कार्य समितिमा चुनिएका उपाध्यक्ष तुलसीदेवी खनाल , सचिव सुमित्रा सिग्देल, कोषाध्यक्ष राधिका भटराई सहित सदस्यहरु संजिता जि .सी, सीता भण्डारी, सुजना बि .क, मेषमाया गुरुङ, कुन्तीकला अधिकारी, राजकुमारी काफले, रमकुमारी भण्डारीले जिम्मेवारी सहित सपथ लिएका छन् ।
यस्तै लेखा संयोजकमा निर्वाचित धनीमाया अधिकारी, बिन्दु खनाल र सरस्वती काफ्लेलाई समेत आजै पद हस्तान्तरण गरिएको छ ।
शिवमन्दिर महिला सहकारीको निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण