नारायण प्रभु पुस- २६ नवलपुर पुर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. १ मा अहिले सम्मकै ठूलो संख्यामा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन। कावासोती नगरपालिका वडा नं. १ को कार्यसमितिले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा एकैदिन सयौंको संख्यामा कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेपछी नवलपुर मा तरङ्ग छाएको स्थानीय भिमलाल डुम्रेले बताएका छन।स्थानीय निर्वाचनमा रा.प्र.पा को तर्फबाट कावासोती नगरपालिकाको उपमेयरकी प्रत्यासी उमेद्वार उमा दमै सहित आज एकैदिन सयौं नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन। कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधान सभा सदस्य महेन्द्र ध्वज जिसिले नवप्रवेशी कार्यकर्तालाई प्रवेश गरेर मात्रै काङ्ग्रेस नभइने र काङ्ग्रेसको मुल मर्म र विचारलाई अंगिकार गर्नुपर्ने बताएका छन।
कम्युनिस्टको सरकारले केही गर्न नसकेर बिक्षिप्त बनेका विभिन्न पार्टिका कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेकोमा बधाई समेत दिएका छन। कार्यक्रममा जिल्ला सचिब बालकृष्ण घिमिरे, नेपाल भु.पु.सैनिक संघ केन्द्रिय अध्यक्ष कर्णेल धन बहादुर मास्की,संघीय क्षेत्र नं. १ का सभापति द्रोणबन सन्यासी, नेपाल महिला संघ नवलपुरका जिल्ला सचिब सरस्वती तिमिल्सिना लगाएतको उपस्तिथि रहेको थियो।
२ दिने कार्यकर्ता प्रशिक्षण भोलि सम्म रहने माधब भन्डारीले जानकारी गराउनु भएको छ। कार्यक्रम वडा सभापति राम चन्द्र मोक्तानको अध्यक्षतामा सम्पन्न भएको छ।
नवलपुर काङ्ग्रेसमा उर्लियो जनसागर, उपमेयर सहित सयौं कार्यकर्ताले गरे काङ्ग्रेसमा प्रवेश