पुस २३,२०७७
हिजो साँझ अं. ७:४० बजेको समयमा जिल्ला नवलपरासी (पुर्व) कावासोती नं. पा. १६ सिर्जनशिल टोल स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको लु ३ त ६७४८ नं. को खाली ट्याक्टर अनियन्त्रित भई पल्टँदा ट्याक्टर चालक ऐ.-१६ पिप्रहनी बस्ने बर्ष २७ को किरण परियारको ढाँडमा चोटपटक लागि अवस्था गम्भिर रहेको छ ।
उक्त घाइतेको उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा लगेको र थप उपचारका लागी पुरानो मेडिकल कलेज चितवन तर्फ पठाईएको छ ।
ट्याक्टर प्रहरीको नियन्त्रणमा लिगी अन्य अनुसन्धान कार्य भइरहेको ,जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व) का सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताउनु भएको छ ।