२२ पुस, बाँके ।
जिल्ला प्रहरी कार्यालय बाँकेले कार्यालयको प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरि एकै पटक विभिन्न मुद्दाको कुसुरवार प्रतिबादीहरुलाई पक्राउ गरि सोमबार सार्वजनिक गरेको छ ।
घटना एक : कटवा पेस्तोल सहित चौधरी पक्राउ
बाँकेको डुडुवा गाउँपालिका १ स्थित दिपक कुमार चौधरी (वर्मा) ले संचालन गरेको पसलमा अवैध हातहतियारको कारोबार भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा एक थान कुटवा पेस्तोल बरामद गरेको छ ।
आइतबार १:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले दिपक कुमार चौधरी (वर्मा) ले संचालन गरेको घुम्ती पसलमा तलासी लिने क्रममा उनले कम्मरको दाँया तर्फ बेल्टले च्यापी राखेको कुटवा पेस्तोल बरामद गरेको जनाएको छ ।
प्रहरी अनुसार उक्त वस्तु बरामद गरी सो सम्बम्धमा अनुसन्धान भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर राना अनुसार उक्त सम्बन्धमा मुलुकी फौजदारी कार्यविधी २०७४ को दफा १३० को उपदफा २ बमोजिम ७ वर्ष सम्म कैद र ७०,०००।- सम्म जरिवाना हुने सक्ने नेपालको कानुनी व्यवस्था रहेको बताउनुभयो ।
घटना दुई : मोटरसाईकल चोरी गर्ने व्यक्ति पक्राउ
आइतबार राती करिब २३:५० बजेको समयमा बाँके नेपालगन्ज उपमहानगरपालिका ४ गणेशपुर स्थित तन्नु पान पसल अगाडी पार्किङ गरिएको मोटरसाइकल चोरी भएको थियो ।
उक्त मोटरसाइकल नेपालगन्ज ११ का जान मोहम्मद जरगरको भे १० प ४७८९ नं.को मोटरसाईकल चोरी भएको थियो ।
मोटरसाइकल चोरी भएको सुचना प्राप्त हुँदा साथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाईकको खोजतलास गर्ने क्रममा समयमा जाजरकोट त्रिवेणी नलगाड नगरपालिका ८ का विपिन वस्नेत लाई उक्त मोटरसाईकल सहित फेला पारेका थिए । ती व्यक्त उपर अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो ।
प्रहरी अनुसार मुलुकी फौजदारी कार्यविधी २०७४ को दफा २४२ को उपदफा २ बमोजिम ३ वर्ष सम्म कैद र ३०,०००।- सम्म जरिवाना हुने सक्ने कानूनी सजाँयको व्यवस्था छ ।
घटना तीन : फरार अभियुक्त पक्राउ
अदालत बाट कैद तथा जरिवाना भएर फरार रहेका मानिसहरु पक्राउ गर्ने अभियान अन्तरगत जिप्रकाबाट खटिएका प्रहरी टोलीले बाल यौन दुरुपयोग मुद्दामा सम्मानित बाँके जिल्ला अदालतको मिति २०७५।११।२९ गतेको आदेशले ६ महिना कैद सजाय सुनाएको थियो । फरार रहेका नेपालगन्ज उपमहानगरपालिका १ क आकाश सार्किलाई सोमबार पक्राउ गरेको हो ।
ती व्यक्तिलाई सम्मानित जिल्ला अदालत बाँकेमा बुझाउने तयारी भईरहेको पप्रहरीले जनाएको हो ।
त्यस्तै चोरी मुद्दामा सम्मानित जिल्ला अदालत बाँकेको मिति २०७५।०९।१० गतेको आदेशले ११ दिन कैद र १५,०००।- जरिवाना भएर फरार रहेका कोहलपुर नगरपालिका वडा नं.११ का सुरज परियारलाई समेत पक्राउ गरेको गरेको हो ।
उनलाई पनि सम्मानित जिल्ला अदालतमा बुझाउने तयारी भईरहेको छ ।
त्यस्तै मिति २०७७।०८।१२ गते नेपालगन्ज उपमहानगरपालिका २ स्थित १२ ग्राम ब्राउनसुगर सहित सुनिल बोहरा पक्राउ परेका थिए ।
उनको वयान पोलबाट खुल्न आएकी भारत उत्तरप्रदेश जिल्ला वहराईच वाजपुर वनकट्टी थाना सुजौली स्थायी घर भई हाल जिल्ला बाँके जानकी गाउँपालिका वडा नं.३ नन्दनी मिल नजिक नास्ता पसल गरेर बस्दै आएकी ३९ वर्षिय मिना गोडिया भन्ने कैलाशा गोडियालाई सोमबार जिल्ला प्रहरी कार्यालयबाट खटिएका मातहत ईलाका प्रहरी कार्यालय खजुराखुर्दा बाँकेको टोलीले फेला पारी उनलाई पक्राउ गरेको थियो ।
उनी माथी पनि थप आवश्यक अनुसन्धान भई रहेको छ ।
घटना चार: भन्सार चोरी पैठारीको सामान बरामद
बाँकेको डुडुवा गाउँ पालिका वडा नं.१ खडौचा नाका हुदै भारतको रुपैडियाका राहुल गुप्ता र मो.सकिल खानले भारतिय नम्बरको मोटरसाईकलमा भन्सार छली चोरी पैठारी गरि भारतबाट नेपाल तर्फ ल्याउदै गरेको मोवाईलका कभर, सिसि, लगायतको मुल्य रु १,३०,०००।–बराबरको सामान फेला परेका थिए ।
बरामद सामान सहित पक्राउ परेका राहुल गुप्ता समेतलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज पठाउने तयार भई रहेको प्रहरीले जनाएको हो ।
घटना पाँच: हराएको मोवाईल फेला
जिल्ला प्रहरी कार्यालय बाँकेबाट सर्वसाधारण नागरिकलाई छिटो छरितो सेवा दिने अभियान अन्तर्गत कार्यालयले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएकोमा हराएका मोवाईल खोजतलास गर्ने कार्य लाई समेत प्राथमिकता दिदै आएको छ ।
त्यस्तै विबिन्न स्थानमा हराएका मोवाईल खोजलतालस गर्ने क्रममा निम्न मानिसहरुको निम्नानुसार मोवाईल फेला पारी बुझाईएको प्रहरीले जानकारी दिएको छ ।
निम्न:
१. जिल्ला बाँके जानकी गा.पा.वडा नं.२ वस्ने रोहित वर्माको मिति २०७६।०८।१५ गते कान्निपुर नेपालगंज बजार बाट हराएको VIVO 11 मोवाईल थान १
२. जिल्ला बाँके ने.ग.उप.म.न.पा.वडा नं.१८ वस्ने प्रच्युत प्रसाईको मिति २०७७।०७।२६ गते नेपालगंज बजार बाट हराएको OPPO F 7 मोवाईल थान १
३. जिल्ला बाँके ने.ग.उप.म.न.पा.वडा नं.१८ वस्ने वसन्ती योगीको मिति २०७७।०८।१७ गते नेपालगंज बजार बाट हराएको Real me मोवाईल थान १
हाल सम्म मोवाईल हराएको निवेदन परेको संख्या : २३६
फेला परेको मोवाईल संख्या : ५५
घटना छ : मादक पदार्थ सेवन गरि सवारी चलाउने माथी कारबाही
गत पुस १७ गते १२:५५ बजेको समयमा नेपालगंज उप-महानगरपालिका १८ एस.के पेट्रोल पम्प नजिक नेपालगंजबाट कोहलपुर जाँदै गरेको बर्दिया जिल्लाको वढैयाताल गाउँपालिका ६ का राज कुमार वाल्मिकीले मादक पदार्थ सवेन गरेर तिब्र गतीमा सवारी संचालक गरेका थिए । उनले ना ५ ख ५७७३ नं. बसले भे १ त ५१३४ नं. को टेक्टरलाई ठक्कर दिदा बस अनियन्त्रित भएको थियो ।
परिणाम स्वरुप पेट्रोल पम्प नजिकै रहेको वर्णवाल ट्रेड ईन्टेरनेशनल अटो पसल अगाडी रहेका (अटो किन्न गएका) जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका १३ का विक्रम वृजवासीलाई चोट लागेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको घटनामा उक्त बसका चालक राज कुमार वाल्मिकीलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो ।
उनी माथी सवारी ज्यान कसुरमा अनुसन्धान भईरहेको छ ।