नवलपुर ।
पुर्वी नवलपरासी नवलपुर प्रहरी ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
नदीजन्य पदार्थको अवैद्य उत्खनन गरी रहेको अवस्थामा नवलपुरका प्रहरीले विनयी गाँउपालिकाको २ मजुवा विनयी खोलाबाट ८ वटा ट्याक्टर नियनत्रणमा लिएको जिल्ला प्रह्ररी कार्यालय नवलपुरका नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय दुम्किबासबाट टोलीले नम्बर नखुलेको १ वटा , लु ३ त ७४५ , लु ४ त १८९७ , लु ३ त ५९०५ , ना ७ त २९५० , लु ४ त ५२६२ , लु ४ त ९१११ , लु ३ त १४३१ नम्बरको गरी ८ वटा ट्याकटर नियन्त्रणमा लिएको हो ।