चोरमारा । ससंद विघटनको विरोधमा नवलपुरको विभिन्न स्थानमा विरोध प्रर्दशन भएको छ ।
आज राष्ट्रपतिबाट सासंद विगटनको प्रमाणिकरण भएपछि नवलपुरको मध्यविन्दु नगरपालिकाको चोरमारामा तरुण दल र नेविसंघ नगर समितिले संयुक्तरुपमा चोरमारा बजारमा बिरोध प्रदर्शन गरेका थिए ।
सरकारको कदम असंवैधानिक भएको भन्दै सरकारले अधिनायकवाद ल्याउन थालेको उनिहरुको आरोप छ । उता कावासोतिमा सत्तारुढ नेकपाकै जनवर्गिय संगठनहरु राष्ट्रिय युवा संघ र अनेरास्ववियु नवलपुरले विरोध प्रदर्शन गरेको थियो । युवा संघ र अनेरास्ववियुको प्रदर्शन अगाडि नेविसंघले सरकारको कदमको बिरोधमा कावासोतिमा नै राजमार्ग अवरुद्ध सहित विरोध प्रदर्शन गरेको थियो ।
सरकारले आज प्रतिनिधि सभा विघठन र वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी राष्ट्रपतिबाट प्रमाणिकरण गरेपछि सरकारको सो कदमको सर्वत्र विरोध भईरहेको छ ।
संसद विघटनको बिरोधमा नवलपुरमा प्रदर्शन