बहादुरगंज ,कपिलवस्तु । इलाका प्रहरी कार्यालय बहादुरगंजले अवैद्य सामान बरामद गरेकाे छ l इलाका प्रहरी कार्यालय बहादुरगंजबाट प्रहरी हवलदार सुरेश न्योपानेको कमांडमा खटिएको गस्ती टोलीले , बिस्कुट ,तेल , अबीर ,रंग ,लगायत सामान सहीत ३ थान् साइकिल बरामद गरेको छ । २० हजार बराबरको अबैध सामान बरामद गरि भन्सार पठाएको इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको नायब निरीक्षक भण्डारीले जानकारी दिएका छन ।
प्रहरीद्वारा अबैध सामान वरामद