कृष्ण अग्रहरी ,कपिलवस्तु ,भाद्र ७। कपिलबस्तुमा थप ८ दिन लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा आज बसेको बैठकबाट कपिलबस्तुमा कोरोनाका कारण उच्च जोखिममा रहेकोले सो को मध्यनजर गरी पुनः आज (आइतबार) राति १२ बजे देखि भदौ १५ गते राति १२ बजे सम्माका लागि थप गर्ने निर्णण गरिएको प्रमुख जिल्ला अधिकारी दृर्घ नारायण पौडेलले बताए । यस अघि जिल्ला प्रशासन कार्यालयले भदौं ७ गते सम्मका लागि निषेधाज्ञा जरी गरेको थियो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना यस्तो रहेको छ। 
कपिलवस्तुमा थप ८ दिनका लागि निषेधाज्ञा जारी