कपिलवस्तु, २८ साउन
कोरोना संक्रमणका कारण कपिलवस्तु नगरपालिका का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखाका अनुसार कपिलवस्तु नगरपालिका वडा नं. २ जमुवार टोल बस्ने पुरुषको मृत्यु भएको हो ।
अधिक ज्वरो, रुघाखोकी र स्वास प्रश्वासमा समस्या हुन थाले पछि थप उपचारका लागि बुटवल धागो कारखाना स्थित कोरोना अस्पतालमा उपचाररत अग्रहरीको आज विहान मृत्यु भएको उनको परिवारले बताईएको छ ।