कावासोती ,मंसिर १५। कावासोती नगरपालिकाका जनप्रतिनिधिलाई कोरोना संक्रमण पुस्टि भएपछी कावासोती नगरपालिका वडा नं १ बाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ।कावासोती १ का वडाध्यक्ष नारायण प्रसाद पन्थलाइ कोरोना संक्रमण पुष्टि भएको हो।
हिजो कावासोती नगरपालिकाले एक सुचना प्रकाशित गरि जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएपछी अन्य जनप्रतिनिधि तथा कर्मचारीहरु समेत क्वारेन्टाइनमा बस्नुपर्ने तथा उनिहरुको समेत कोरोना परिक्षण गर्नुपर्ने भएकोले यहि मंसिर १५ गतेदेखी २० गतेसम्म वडा कार्यालय बन्द रहने जानकारी गराएको छ ।संक्रमित पन्थ हाल रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत रहेको र सामान्य ज्वोरो बाहेक अन्य अवस्था समेत सामान्य रहेको वडा सदस्य माधव भण्डारीले जानकारी गराएका छन।
कावासोती १ का वडाध्यक्ष पन्थलाइ कोरोना पुष्टि , कार्यालय मंसिर २० गतेसम्म बन्द