अचेल मेरो व्यस्तता खुवै बढेको छ।२२ वर्षकी युवती कि त पढाईमा की त आफ्नो काममा होला सोच्नु भएको छ भने तपाई गलत हुनुहुन्छ। कोभिड १९को प्रभाव संगै म मज्जैसंग घरायसी काममा रुमलिएकी छु।झट्ट सुन्दा काम सजिलो लाग्छ,तर यी काम व्यवस्थित गर्नं त गाह्रो पो रहेछ।एउटा सकिएपछी अर्को सुरू गरीहाल्नु पर्ने।
बचपनमा काम गर्नुपर्छ भनेर पढ्न बस्ने मलाई अहिले बाबाको चाउरिएको अनुहार र आमाको थकित अनुहारले खेतवारी ,कुटोकोदालीलाई साथी नबनाई बस्न दिएन। यो समयले जीवनका विभिन्न आयामहरु बुझ्ने र महसुस गर्ने अवसर दियो। बचपनमा जवरजस्ती काम गर्ने म अहिले माटोसंग खेल्न पाउँदा आफैप्रती गौरव महसुस गरे।
मेरा उमेरका साथीहरु नगं पालेर हातलाई नरम र आकषिर्त बनाउनुहुन्छ,मेरो भने कहिले नभएको नगंमा माटो पस्छ त कहिले पराल तान्दा हात नै साह्रो हुन्छ। साच्चै, आफैले गरेपछि मात्र काम कति गाह्रो वा सजिलो छुट्याउन सकिने रैछ। अहो , बाबाआमाले कति काम गर्न सक्नुहुन्छ है।हामी त केहीवेरमै थाक्यौ भन्छौ।
गाउँघर पनि समय अनुरूप गतिशील रुपमा अघि बढेछ।पहिले चीजवीज र वस्तुको सटही हुदा आत्मियताको नी सट्टी हुन्थ्यो,अहिले त पैसा र वस्तूको सटहीमा आत्मियता कता हराउने रैछ कता। कसैवाट सहयोगको अपेक्षा भन्दापनि सकेसम्म आफै जान्नुपर्ने ,खेलाडीलाई खेल जित्नैपर्ने दबाबजस्तो। सानैहुदा हामीले बिजुलीबत्ती ,धाराकोपाइप टिभी रेडियो सामान्य घरमै गर्न सकिने कामहरु गर्न त के सिक्ने चाहाना हुदा पनि सिक्न नपाईने,।
छोरीका लागी अरू नै कामले कुरेर बस्छन,जुन मैले भनिरहनु पर्दैन नी है।यस्तै वातावरणको प्रभाबले मानसपटलमा मैले सक्दिन होला भन्ने कुरा जरो गाडेर बसेको छ। अव भने कितावी शिक्षालाई व्यवाहारिक वनाउने क्रममा छु।विजुलीको काम गर्दा करेन्ट लाग्छ के भन्दै नगर भन्नुहुने आमा अचेल दंग पर्नुहुन्छ। सानै सजिलै होस् तर आफ्नो सिकाईमा सफल हुदा सन्तुष्ट भैने रैछ।
कमसेकम आफ्नो काम आफै गर्न त सकियो। । एक दिन पल्लाघरे भाउजुकोमा गएको थिए, उनकी छोरी विछट्टै राम्री छे, मायालु छे। कुरैकुरामा भाउजुले भनिन् 'पढ्न अल्छि गर्छे तर राम्री छे, मलाई आनन्द छ। म त छक्क परे। ती भाउजुका शव्द दिमागमा अझैसम्म गडेर बसेको छ तर त्यसबखत म केही वोल्न सकिन। अर्की भाउजुले छोरीको वर्ण कालो हुने भयो भनेर साह्रै पीर गर्दै थिईन।भन्दै थिईन छोरो कालो भएर केही हुन्थेन वरू।
छोरी २वर्ष नहुदै तिमी राम्री हुनुपर्छ भनेर सिकाएसी कसरी पढाईमा दत्तचित्त भएर लाग्न सक्छे।अझै यो सोसल मिडियाले उनीहरूक़ो मनोवैज्ञानिकमा नकरात्मक प्रभाव पारिरहेको छ जस्तो लाग्छ। जत्ति नै गोष्ठी र कार्यक्रम गरेपनि यस्तै मानसिकतालाई परिवर्तन नगरेसम्म केही हुनेछैन। खै तपाईहरूले यो फुर्सतको समय कसरी व्यतित गर्नुभयो ? मेरो दिनको २ ३ घन्टा करेसावारीमा वित्छ। कहिले प्रकृतिले साथ दिन्छ ,कहिले दिदैन। मिहनतको प्रतिफल भने पाईने नै रैछ।धेरथोरको त के हिसाब गर्नु।
अहिले आफ्नो मिहनत बाट हुर्किएका बिरूवा सुमसुमाउदा पुलकित छु। अझै कहिलेकाही २ ४ पैसाको आम्दानीसमेत हुदा त दंग पर्छु। जीवनका अनेक आयाम वुझ्न केही पुस्तकले मज्जैसंग साथ दिए।अहो मैले त वल्ल वुझ्दै छु।पूस्तक कति शक्तिशाली हुने रैछन्। सिकाई र वुझाईमा कति फरक महसुस गरे।आफ्ना पुराना विचारदेखी आफैलाई हासो लाग्यो। समयको गतिशील हिडाईलाई हाम्रो विचारहरु नी फराकिलो बनाएर साथ दिन सके कस्तो होला। अवका बाकी प्रसंग अर्को लेखमा है त।