भाद्र ६,काठमाडौ । ओखलढुंगाको मिसन हस्पिटलमा अप्रेसन पछि रक्तस्राव नरोकिए पछि उपचार सम्भावना नभएकोले मानेभञ्ज्याङ ०१ मोलिको पातली श्रेष्ठ राईलाई नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाको पहलमा काठमाडौ ल्याइएको छ ।ओखलढुंगामा छटपटाइ रहेकी राईको थप उपचार गर्न काठमाडौबाट युवा नेता खतिवडाले हेलिकप्टर पठाएर बिना शुल्क लकडाउनको वेलामा पनि उद्दार गरेका हुन । युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाको पहलमा सम्पुर्ण खर्च महिला तथा बालबालिका मन्त्रालयले बेहोर्ने खतिवडाको स्वाकिय सचिव हुकुम राइले जनकारी दिए । थप उपचारको लागि काठमाडौं ल्याएको पातली बहिनिको सु–स्वास्थको खतिवडाले कामना गरे । यसअघि पनि नेता खतिवडाको पहलमा धेरै जनाको ज्यान बचेको छ । गत निर्वाचनमा नेकपाका नेतासँग पराजित भएपनि नेता खतिवडा जिल्लावाशी जनताको पिडामा मल्हम लगाउन लागि परेका छन । 
युवा नेता खतिवडाको अनुकरणीय कार्य: ओखलढुंगाकि बिरामी पातलिलाइ हेलिकप्टरबाट उद्दार