पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ९ हजार ७७६ संक्रमितको संख्या पुगेको छ ।
त्यसैगरी २४ घण्टामा २ हजार ७९८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ७३ हजार ४३० संख्या पुगेको छ ।