सहबान अन्सारी
नवलपरासी,२९ कार्तिक
नवलपरासीमा पुजारीको हत्याको अभियोगमा एक जना भारतिय नागरिक पक्राउ परेका छन ।
शुक्रवार उक्त घटना अनुसंधानको क्रममा प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा स्थित देश भारत जिल्ला महराजगंज थाना निचलौल पोष्ट औराटार ग्राम कबेलवा महेशपुर बस्ने २१ बर्षिय धनन्जय मौर्यलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न अभियुक्तको मृतकको छोरीबाट सनाखत भएको र मौर्यले निज पुजारीको हत्या आफु स्वयंले हत्या गरेको मौखीक बयान बाट खुल्न आएको हुदाँ धनन्जय मौर्यलाई सम्मानित अदालतबाट म्याद थप गरिने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
यहि कार्तिक ९ गते सुस्ता गाउँपालिका वडा नं. ४ नर्सही पश्चिम टाँडी स्थित बस्ने ७२ बर्षिय पुजारी मुहँगु केवट मृत अवस्थामा भेटिएका थिए ।