कावासोति । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा पाल्पाको रामपुर ५ निवासी ५६ बर्षीय एक जना संक्रमित पुरुषको बुधबारराति निधन भएको छ ।
मध्यविन्दु जिल्ला अस्पताल डण्डाले जारी गरेको विज्ञप्तिका अनुसार बुधबार राति १०ः५० बजे उनको निधन भएको हो । पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट उनलाई थप उपचारका लागि भरतपुर ल्याउँदै गर्दा मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक उपचारका लागि ल्याइएको र त्यतिबेला उक्त विरामी जीवित भएको र उस्मा कुनै पनि लक्षण नदेखिएको हुनाले अस्पतालले संक्रमितलाई अस्पताल छिराएको र अस्पतालमा छिराएको १० मिनेट पछि मृत घोषणा गरेको थियो ।
पछि उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पतालले जनाएको छ ।