उत्तम कुमार थापा बझाङ बझाङकाे जिल्ला कारागारबाट एकजना कैदी फरार भएका छन् । बुधबार जिल्लाको सदरमुकाम चैनपुरमा रहेको कारागार बाट छविस पाथिभेरा गाउँपालिका- ५ का प्रवीण धामी फरार भएका हुन् । राष्ट्रिय सार्वजनिक सम्पदाविरुद्धको कसुरमा सजाय भोगिरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेसन कक्षबाट फरार भएकाे बझाङ कारागारका जेलर झलक रोकायाले जानकारी दिए । धामीलाई कोरोना पाेजिटिभ देखिएकाेले कारागारको आइसोलेसन कक्षमा राखिएको थियो । उनी १८ कात्तिकमा पक्राउ परेका थिए ।
बझाङ कारागार बाट कैदि फरार हुदा सुरक्षामा चुनाैती