सिड्नी– अस्ट्रेलियामा रहेका बुटवलका दिपेन्द्र क्षेत्रीले नेचुरल बडिविल्डिङमा यहाँको राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने निश्चित भएको छ।
६ डिसेम्बरमा एडिलेडमा हुने प्रतियोगितामा उनले न्यु साउन वेल्स राज्यको प्रतिनिधित्व गर्नेछन्। नेपाली समुदायका लागि यो किर्तिमानी सहभागीता हो। ३१ अक्टोबरमा आईसीएनले न्यु साउन वेल्समा गरेको स्पर्धामा क्षत्री बिजेत ाबनेका थिए। उनले चार वटा विधामा पहिलो स्थान हात पारेका थिए। उनले चारवटै गोल्ड मेडल हात पारे।
उनलाई पुरुष बडिविल्डिङ प्रतियोगितामा न्यु साउथ वेल्स च्याम्पियन २०२० को उपाधी हात लागेको छ। ‘हाम्रो नेपाली समुदाय र न्यु साउथ वेल्स राज्यका लागि यो निक्कै उपलव्धिमूलक खबर हो’, क्षत्री भन्छन्,‘नेपाली समुदाय र न्यु साउथ वेल्सको प्रतिनिधित्व गरी म राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछु।’