कावासोति । पूर्वी नवलपरासीमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणका क्रममा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा गैंडाकोट नगरपालिकाका ५जना महिला र ४ जना पुरुष गरी जम्मा ०९जना , देवचुली नगरपालिकाको ३ जना पुरुष र १ जना महिला , कावासोती नगरपालिकाका २ जना महिला , मध्यविन्दु नगरपालिकाका १ जना पुरुष र १ जना महिला रहेका छन । १ जना बाहेक सबै संक्रमितहरुको चितवन मेडिकल कलेज चितवनको फिभर क्लिनिकबाट पहिचान खुलेको हो ।
सबै सङक्रमितहरुलाई आइसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८१०४ पुगेको छ । 
नवलपुरमा आज थप १८ जनामा संक्रमण