कावासोति । नवलपुरका १२ प्रहरी सहित प्रकृतिक चिकित्सालयका ब्यबस्थापक एंव लेखा प्रमुख वाग्ले कारोना सङक्रमण मुक्त भएका छन् ।
पुर्वि नवलपरासी बर्दघाट सुस्ता पुर्व रजहरमा रहेको सामुदायिक चिकित्सालयका ब्यबस्थापक हरी प्रसाद सापकोटा एंव लेखा प्रमुख अजुद प्रसाद वाग्ले लगायत जिल्ला प्रहरी कार्यालयका १२ जना प्रहरीहरु आज कारोना सङक्रमणमुक्त भएका छन् ।

प्राकृतिक चिकित्सालयमा सङक्रमण भई चिकित्सालयमा रहेको समयमा समेत चिकित्सालयको निर्मलीकरण एवंम सरसफाइमा सहयोग गरेकोमा सामुदायिक प्राकृतिक चिकित्सालय परिवारले प्रहरी कार्यालय नवलपुरमा कार्यरत उक्त साथीहरुलाई सङक्रमणमुकत भएकोमा हार्दिक बधाईका साथै हार्दिक आभार ब्यक्त गरेको चिकित्सालय निर्देशक डा. बिनोद पौडेलले जनाएका छन् ।
