कात्तिक १५ पोखरा ।
पोखरामा कोरोना संक्रमणका कारण थप एक जना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट पोखरा ९ की ६२ वर्षीया महिलाको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रको आईसियुमा उपचाररत उनको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो । उनमा कोरोनासहित निमोनिया, डाइबिटिजको समस्या थियो । यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ । प्रदेशमा ७ हजार ३ सय १६ संक्रमितमध्ये ४ हजार २ सय २१ जना निको भएका छन् ।