प्रिय धन , हुप्सेकोट १४ कार्तिक २०७७ पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ६ का दुवै मृगौला पीडित लाई आर्थिक सहयोग प्राप्त भएको छ । मौलाथर का ३८ वर्षीय गोप बहादुर सोमैलाई मलेसिया बाट ७१ हजार ४० रुपैयाँ र दुवै बाट ३२ हजार २० रुपैयाँ प्राप्त भएको हो । गत असोज १४ गते गण्डकी आज अनलाइन तथा फेसवुक बाट आर्थिक अभावका कारण उपचारमा कठिनाई भन्ने शीर्षकको समाचार तथा भिडियो प्रसारण भएपछि सोही समाचारका आधारमा मलेसिया र यू ए ई बाट रकम उठेको हो । दुवै को लुलु हाइपर सुपरमार्केट मा कार्यरत केश बहादुर आले तथा मलेसियामा कार्यरत नेत्र बहादुर सोमै को सकृयतामा त्यहाँका कम्पनीमा कार्यरत नेपाली हरु मार्फत सो रकम संकलन गरिएको हो । दुवै देशबाट सङ्कलित १ लाख ३ हजार ६० रुपैयाँ हाम्रा संवाददाता प्रिय धन पाण्डे को नाममा पठाइ आजै सो रकम प्रदान गरिएको हो । हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष छाम बहादुर सोमै को रोहबरमा उहाँ मार्फत बिरामीका जेठान दाई हुप्सेकोट ४ झ्यालबास निवासी नुन बहादुर आलेको घरमा गई सो रकम प्रदान गरिएको हो । बिरामी गोप बहादुर सोमैकी श्रीमती दिलमाया सोमै लाई आज सो रकम प्रदान गरिएको हो । त्यस क्रममा हुप्सेकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक खेम बहादुर सारुले पनि थप सहयोग का लागि रसीद मार्फत आफूहरु लागि परेको बताउनुभएको थियो । बिरामी सोमै मौलाथर मा रहेको हुप्सेकोट माध्यमिक विद्यालय का विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ । त्यस्तै सो रकम प्रदान गर्ने अवसर मै वडा अध्यक्ष छाम बहादुर सोमैले थप ४ हजार रुपैयाँ आफ्नो व्यक्तिगत तर्फबाट सहयोग स्वरूप प्रदान गर्नुभएको थियो । साथै उहाले बिरामीलाई सहयोग गर्ने हरुप्रती आभार व्यक्त गर्दै थप सहयोग गरिदिनुहुन पनि सम्पूर्णमा अनुरोध गर्नुभएको छ । दुवै मृगौला ले काम नगरेपछि विगत छ महिना देखि गोप बहादुर सोमै काठमाडौ को कलङकीमा भाडा मा बस्दै आउनुभएको छ । उहालाई हप्ताको २ पटक डाइलाइसिस गर्नुपर्ने विरामीकी श्रीमती दिलमाया सोमै मगरले बताउनुभयो । यदि तपाईं पनि मानवीय नाताले सहयोग गर्न चाहनुहुन्छ भने गण्डकी आज को मोबाइल ९८२३१३३१२३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
गण्डकी आज अनलाइन समाचार प्रभाव : हुप्सेकोट गाउँपालिका ६ मौलाथरका दुवै मृगौला पीडितलाई जुट्यो राहत