कावासोती, १४ कार्तिक । पूर्वी नवलपरासी वर्दघाट सुस्ता पुर्वमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बि.पि. कोइरला स्मृति क्यान्सर अस्पताल चितवनमा गरिएको परिक्षण क्रममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा गैंडाकोट नगरपालिकाका ५ जना महिला र ५ जना पुरुष गरी जम्मा १० जना , देवचुली नगरपालिकाको १ जना महिला, कावासोती नगरपालिकाका ५ जना महिला र ७ जना पुरुष गरी जम्मा १२ जना, मध्यविन्दु नगरपालिकाका १ जना महिला र १ जना पुरुष गरी जम्मा ३ जना र बिनयि त्रिवेणि गाउँपालिकाको १ जना ५४ बर्षिय पुरुष रहेका छन । 
सबै संक्रमितहरुको बि.पि. कोइरला स्मृति क्यान्सर अस्पताल चितवनको फिभर क्लिनिकबाट पहिचान खुलेको हो । सबै सङक्रमितहरुलाई आइसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस बिज्ञाप्ति मार्फत जानकारी आएको छ ।
कावासोतिका १२ जना सहित नवलपूरमा थप २७ जनामा संक्रमण