-उत्तम कुमार थापा, बझाङ ।
खप्तड छान्ना गाउँपालीकामा सुदुरपश्चिम प्रदेशका सभामुख थापालाई सम्मान गरिएको छ ।
जिल्लाकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ६ बयानाकाे काेटिखेत माध्यमिक विद्यालयमा सभामुख अर्जुन बहादुर थापालाई १० केजीको मालाले सम्मान गरेको हाे । छान्ना क्षेत्रकाे विकासलाई तिव्रता दिएको भन्दै बडाकाेट र बयानाका जनताले भव्यारुपमा सम्मान गरेको स्थानीय प्रकाश थापाले बताए ।उनले भने,अहिले सभामुख थापा अाफ्नै गृह जिल्लाकाे भएको कारण , अहिले देश सघिय सग्रचनामा गएको हुदा विकास अगाडि बढेको र अागामी दिनकाे समाज रुपान्तरण लाई अगाडि बढाउनु परेको स्राेतकाे भनाइ छ ।
सभामुख थापाले बिकास बारे बाेल्दै,अहिलेकाे समयमा दशै विशेष कार्यक्रम गर्दै,घरदैलो अभियान सञ्चालन गर्नुभएको हाे । थापाकाे भिजन सबै मन्त्री सभामुख र ७ वटा प्रदेशको मन्त्रीकाे बैठक खप्तड राष्ट्रिय निकुञ्जमा राख्नुपर्ने भनाइ रहेकाे दावी गर्दै अहिले काेरनाले गर्दा यस्तो हुन नसकेको दावी गर्दै,जिल्लाका विभिन्न स्थानमा प्रदेश सरकारले गरेको विकासकाे अनुगमन गर्नुभएको थियाे ।
थापाले भने, अहिले म जनताको मान्छे हाे । म अहिले कुनै पाटीकाे छैन । सिङ्गै जनताको भएको हुदा सबैलाई सम्मान रुपमा हेरेको कार्यक्रममा बताए । अागामी दिनमा सबैले विकास गर्दै अगाडि जानुमा सचेत रहन अाग्रह गर्नुभएको हाे ।