एजेन्सी ।युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोमाथि अनुसन्धान सुरु हुने भएको छ । कोरोना भाइरस संक्रमणपछि पोर्चुगलबाट इटालियन सहर टुरिनमा फर्किएका रोनालडोले कोरोना प्रोटोकोल उल्लंघन गरेको भन्दै आलोचना भएपछि उनीमाथि अनुसन्धान सुरु भएको हो ।पोर्चुगिज स्ट्राइकर रोनाल्डोलाई लक्षण नभए पनि पोर्चुगलसँगको अन्तर्राष्ट्रिय ब्रेकका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी भाइरस संक्रमणपछि पोर्चुगलबाट इटालियन टुरिनमा फर्किएका थिए ।रोनाल्डो हाफ्नो निजी जेटमार्फत टुरिन फर्किए पनि इटालियन खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले एक विज्ञप्तिमा रोनाल्डोको कोरोना भाइरस प्रोटोकोल उल्लंघनको विषयमा अनुसन्धान भइरहेको जनाएका छन् । रोनाल्डोले प्रोटोकोलको कदर नगरेको आरोप छ ।
रोनाल्डो माथि अनुसन्धान गरिने