कार्तिक ९ पोखरा । कोरोना संक्रमणका कारण पोखरामा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना तथा चरक मेमोरियल अस्पताल र गण्डकी मेडिकल कलेजमा एक–एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–३१ का वर्ष ५८ का पुरुष, सोही अस्पतालमा उपचाररत पोखरा–१५ का ५२ वर्षिय महिला, चरक मेमोरियल अस्पतालमा उपचारत पोखरा–६ का ४२ वर्षीय पुरुष र गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा–२२ का ६८ वर्षिय पुरुष रहेको निर्देशनालयले पुष्टि गरेको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ६३ जनाको मृत्यु भएको छ । यसअघि कोरोना संक्रमणका कारण प्रदेशका कास्कीका १८, नवलपुर वर्दघाट सुस्ता पूर्वका १२, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, बाग्लुङका ४ र म्याग्दीका २ जनाको मृत्यु भएको थियो ।
पोखरामा थप ४ कोरोना संक्रमितको मृत्यु