राजेन्द्र महतो ,४ भदौ, लहान। जिल्लाको धनगढीमाई नगरपालिका–१३ भाल्टाबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। मंगलबार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय मदनबहादुर राईको घरमा कौडा जुवा खेलिरेहको अवस्थामा नगद तथा हस्ताक्षर गरिएको चेकसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताएका छन। पक्राउ पर्नेमा सिरहा, सप्तरी र धनुषाका रहेको प्रहरीले बताएको छ। पक्राउ परेका १२ जनाकै नाम प्रहरीले सार्वजनिक गरेको छैन । जुवा खेलिरेहको ठाउँ बाट कौडा १६ थान, रु तीन लाख ६३ हजार ६४०, भारु चार हजार ८१० र हस्ताक्षर गरी राखिएको रु चार लाख ४८ हजार ३७३ को चेक तथा १४ थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विनोद घिमिरेले बताए। पक्राउ परेका १२ जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ।
जुवा खेल्ने १२ जना पक्राउ