। चितवनमा कोरोना संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ७ बस्ने ५७ वर्षीय पुरुष रहेका छन् ।
गत असोज २६ गते कोरोना संक्रमण पुष्टी भएका उहाँ होम आइसोलेशनमा बस्दै आउनुभएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि ज्वोरो, खोकी र श्वासप्रश्वाशको समस्या सहित हिजो राति १० बजे भरतपुर अस्पतालको कोभिड आइसियुमा भर्ना गरिएको थियो ।
भर्ना गरिएको १५ मिनेटमै उहाँको मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । उहाँको हिजो राती १०ः१५ बजे कडा निमोनियका कारण ज्यान गएको अस्पताललको भनाई छ ।
