कावासोति । देवचुली नगरपालिका वडा नं ३ मा रहेको दुम्कौली प्राथामिक स्वास्थ्य केन्द्रमा बेलायत सरकार ग्प् बष्म द्धारा सञ्चिालित महिलाहरुले प्रयोग गर्ने गर्वनिरोधक अस्थाई साधन सायना प्रेसको अध्ययनको प्रारम्भिक नतिजा वारे छलफल तथा अन्र्तक्रिया कार्यक्रम दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य व्यबस्थापन समितीका अध्यक्ष गोपाल राज शर्मा लम्सालको अध्यक्षता र स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईंको प्रमुख आतिथ्त्यमा सफलताका साथ सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी, दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयमसेविका सायना प्रेसका सेवाग्राही, वडा कार्यालयका वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो । बेलायत सरकार ग्प् बष्म को आर्थिक सहयोगमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाको अगुवाईमा आईपास नेपालद्वारा सञ्चालित तीन महिने अस्थाई साधन सायना प्रेस अन्य परिवारको साधन भन्दा लगाउन सजिलो, कम झन्झटिलो र कम साइड इफेक्ट गर्ने खालको रहेको सायाना प्रेस सेवाग्राहीहरु महिलाहरुको प्रतिक्रिया रहेको छ । कार्यक्रममा बोल्दै सेवा प्रदायक सिता न्यौपानेले ३ महिने अस्थाई साधन सायना प्रेसवाट सेवाग्राहीहरू अत्यन्तै खुसि र संतुस्ट भएको र साइडइफेक्ट अत्यन्तै न्यून भएको र महिलाहरु ३ महिना पछि फलोअपमा आउँदा कसै–कसैमा समयमा रजस्वला नभएको तर अन्य समस्या भने खासै केही नहुने प्रतिक्रिया दिने गरेको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले सायना प्रेस जस्ता अस्थाई साधनको सहज पहुँच सेवाग्राही सम्म पुग्न सक्ने हो भने अनियमित गर्भपतन गराउने महिलाहरुको संख्यामा कम हुने विश्वास लिईएको बताउनुभएको थियो ।
सो अन्तरक्रिया कार्यक्रममा आईपास नेपालका कार्यक्रम तथा अनुसन्धान अधिकृत राम कुमार शाहले नेपाल सरकारको परिवार नियोजनको साधनको लोकप्रियता बढाउनु पर्ने रणनीति अनुसार गर्भ निरोधक अस्थाई साधन सायना प्रेसको सुरुवात गरिएको बताउनुभएको थियो । नगरपालिकाका साक्षर ६० जना र निरक्षर ७ जना रहेका छन्
गत मिति २०७७ साल असोज १९ गतेका दिन नेपाल सरकार स्वास्थ्य जनसंख्या मन्त्रालय परिवार कल्याण महासंघको अगुवाइमा वेलुवाको र बेलायत सरकारको आर्थिक सहयोगमा गण्डकि प्रदेश समाजीक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय कार्यालय नवलपरासी बर्दधाट सुस्ता पुर्व देवचुलि नगरपालिका , कावासोति नगरपालिका , हुप्सेकोट गाउँपालिका , विनयि त्रिवेणि गाउँपालिकाको समन्वयनमा आइपास नेपालद्धारा उल्लेख स्थानिय तहको बिभिन्न ७ स्वास्थ्य संस्थाहरुमा २०७६ साल भाद्रदेखि २०७७ असारसम्म महिलाहरुमा परिवार नियोजनको अस्थायि साधन सायना प्रेस सम्भाब्यता स्विर्कायता संम्भव अध्ययन भएको र सो अध्ययनको प्रारम्भिक नतिजाहरुवारे दुम्किवास स्वास्थ्य चौकि विनयि त्रिवेणि गाउँपालिकामा तपशिलको उपस्थितिमा प्रस्तुतिकरण तथा छलफल कार्यक्रम सम्पन्न गरिएको । र उहाँले एकबर्षे अवधीमा भएका सायना प्रेसको अध्ययन अनुसन्धानका प्रारम्भिक नतिजाका तथ्यांकहरु प्रस्तुत गर्नुभएको थियो। तथ्यांक अनुसार गर्वनिरोधक अस्थाई साधन सायना प्रेसको अध्ययनमा नवलपरासी पूर्वमा सबैभन्दा बढी रजहर स्वास्थ्य चौकीमा एक सय उन्नाईस जना र अग्यौली स्वास्थ्य चौकीमा ९६ जनाले सहभागिता जनाएका थिए । विशेषगरि २५ देखि ३५ बर्ष उमेर समूहका महिलाहरुले सायना प्रेस लगाउन रुचाएको थिए । अधिकृत शाहका अनुसार अनुसन्धानमा सूचीकृत ९३ जना महिलाहरुले आँफै पनि सायना प्रेस आफुलाई आफैले लगाउन सक्ने मनाशय ब्यक्त गरेका थिए। आँफै लगाउन सक्ने ९३ जना महिलाहरुमा गाउँपालिकाका साक्षर २३ जना, निरक्षर ३ जना र नगरपालिकाका साक्षर ६० जना र निरक्षर ७ जना रहेका छन् ।
गत बर्षको भदौमा नवलपरासी ९व।सु।पु।०का ४ वटा स्थानीय तहको ७ वटा स्वास्थ्य संस्थाहरुमा सायना प्रेसको सुरुवात गर्दा परिवार नियोजनको अस्थाई साधन डिपोको नियमित प्रयोगकर्ता महिलाको संख्या ६ सय ३१ जना रहेका थिए। सो संख्या गत असारमा आइपुग्दा झरेर १ सय ३५ पुगेको छ भने सायना प्रेसको नियमित प्रयोगकर्ताको संख्या ५ सय ४७ पुगेको अनुसन्धान अधिकृत शाहले तथ्यांक सार्वजनिक गर्नुभएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्षता गर्नु भएका दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष गोपाल राज शर्मा लम्सालले सायना प्रेसको अध्ययनको नतिजा, हाल सम्मको सेवाप्रदयाकको अनुभब, सेवाग्राहीको प्रतिक्रिया, र मेरो सामुदायिक अनुगमन तथा सेवाग्राहीसंगको अन्तरक्रिया हेर्दा सुई सानो, दुखाई कम, साईड इफेक्ट कम हुने, लगाउन सहज तथा सुई लगाएपछि गर्भ रहेको जस्ता अबांचित घटना नभएकाले यसलाई निरन्तरताका लागि नेपाल सरकार तथा अईपास नेपाललाई आग्रह गर्नुभएको थियो । साथै हाल रहेको सायना प्रेसको अभाव जति सक्दो छिटो परिपूर्ति गर्नका लागि स्वास्थ्य कार्यालय र आईपास नेपाललाई आग्रह गर्नुभयो ।
साथै नवलपरासी पूर्वका सायना प्रेस उपलब्ध रहेका हरेक स्वास्थ्य संस्थामा प्रयोगकर्ता महिलाहरुले यसको निरन्तरताका लागि पहल गर्नुपर्ने धारणा ब्यक्त गरेका छन। दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालित सायना प्रेसको सम्भावयता र स्विकार्यता अध्ययनको प्रारम्भिक नतिजाको प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रममा करिब २१ जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण आइपास नेपालका कार्यक्रम तथा अनुसन्धान अधिकृत राम कुमार शाहले गर्नुभएको थियो ।