नवलपुर,असोज ३० । पूर्वी नवलपरासी जिल्लामा नै अब कोरोना भाइरस संक्रमणको रिपोर्ट तयार हुने भएको छ । जिल्लाको कावासोती १६ डण्डास्थित मध्यबिन्दु जिल्ला अस्पतालमा पीसीआर मेशिन जडान गरिएपछि परीक्षणका बाहिर जानु नपर्ने भएको छ । पीसीआर मेशिन भोलि एक कार्यक्रमका बीच हस्तान्तरण गरिनेछ । गण्डकी प्रदेशमै सबैभन्दा बढी कोरोना संक्रमण भएको नवलपरासीमा परीक्षणका लागि पोखरा जानु पर्ने बाध्यता रहेकाले जिल्लामै पीसीआर मेशिन जडान गर्नुपर्ने जिल्लावासीले माग गर्दै आएका थिए । मध्यबिन्दु जिल्ला अस्पतालमा भोलि पीसीआर मेशिन जडान गरिने भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिनुभयो ।
पीसीआर जाचँँ अब नवलपुरमै हुने