नवलपुरमा बुधबार थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गैंडाकोट नगरपालिकाका ४ र कावासोती नगरपालिकाका एक जनामा बुधबार संक्रमण देखिएको हो ।
नवलपुरमा अहिलेसम्म १ हजार १ सय ८७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ती मध्ये ७ सय ९८ जना संक्रमणमुक्त भइसकेका छन् । अब जिल्लामा ३ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् ।