रुपन्देही । जिल्लाभर समुदाय स्तरमा कोरोना संक्रमण फैलिने क्रम वृद्धि भएसँगै रुपन्देहीमा आजदेखि लकडाउन गरिएको छ । कोभिड-१९ को जोखिमले जनस्वास्थ्यमा गम्भीर असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि थप सतर्कता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने गरी भदौं ७ गते राति १२ बजेसम्मका लागि लकडाउन गरिएको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्र, रुपन्देहीले अत्यावश्यक सेवालाई निरन्तरता दिँदै जिल्लाभर लागु हुने गरी संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिमका गतिविधिहरु गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको आदेश विपरितका कुनै गतिविधि भएमा सोही ऐन बमोजिम कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीलेे निषेध गरेको गतिविधिहरु यस्ता छन् :
● खुला स्थानमा मानिसहरु भेलाजम्मा हुन,भिडभाड गर्न र सभा जुलुस गर्न ।
● भिडभाड हुने गतिविधि जस्तै स्जात्रा महोत्सव संचालन गर्न ।
● दैनिक हुने नित्य पुजा बाहेक सम्पूर्ण धार्मिक गतिविधिहरु ।
● उद्योग व्यापार व्यबसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलापहरु ।
● चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु ।
● शैक्षिक संस्थाहरु संचालन गर्न ।
● सबै प्रकारका सभा गोष्ठि, तालिम सेमिनार ,सिनेमा हल , पार्टि प्यालेस,मनोरन्जन स्थल, शैलुन, ब्युतिपार्लर, स्पा, स्विमीङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेलकूद, खेल प्रस्तुति पूस्तकालय, संग्रालय आदि संचालन गर्न ।
● फुटपात खालि ठाउ र ठेला गाडा साइकलमा संचालन हुने विभिन्न व्यबसाय कवाडि संचालन गर्न ।
● उद्योग ब्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड बिपरित श्रमिक कामदारको ओसार पसार गर्न ।
● टेक अवे बाहेक होटल रेष्टुरा संचालन गर्न ।
● बेलहिया नाका बाहेक गैरकानूनि रुपमा अन्य नाकाबाट मानिस ल्याउन लैजान ।
● निजि तथा सार्वजनिक यातायात संचालन गर्न तर मुख्य राजमार्गहरु संचालनमा रहने ।