अमृत भट्टराई , पर्वत ।
गुल्मीको कालीगण्डकी गाउँपालीकावडा नम्बर ५ फोक्सिङमा बाल बिबाह तथा महिला हिंसा सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
पछिल्लो समय देशमा सानै उमेरमा विवाह गर्नेको संख्या बढेको र यसले पछि परिवार मा कस्तो असर पार्छ भने कुरामा जानकारी नभएको कारणले गर्दा आत्महत्या गर्नेको संख्या बढ्दै जानु ,प्रेममा धोका ,लागू पिय पदार्थ गरिबीपन घरपरिवार सँग सम्बन्ध बिग्रनु जस्तो असर पर्ने भएकोले कालीगण्डकी गाउँपालीका वडा ५ फोक्सिङमा बालबिबाह रोक्नका लागि वडा बाट हुने सबै सरकारी काममा प्रतिबन्ध लगाउने निर्णय गरेको कालीगण्डकी गाउँपालीका ५ फोक्सिङका वडा अध्यक्ष थमन सिङ्ग आलेले जानकारी दिए ।
आलेले दिएको जानकारीका अनुसार कानुनी मान्यताले २० बर्ष नपुगे सम्म वडा बाट हुने विवाह दर्ता नगर्ने जस्को नागरिकता नपाइने अपरिपक्व उनीहरू बाट जन्मेको बच्चाले समेत जन्मदर्ता नपाउने लगायतका थुप्रै उदाहरण दिदै एक कार्यक्रम गरि सम्पन्न भएको छ । कार्यक्रममा जनप्रतिनिधि , शिक्षक , कर्मचारी , सुरक्षा कर्मी विभिन्न राजनीतिक दलका प्रतिनिधि विभिन्न टोलीका टोल संयोजक , लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम कालीगण्डकी वडा नम्बर ५ फोक्सिङको वडा कार्यलय मा भएको थियो ।
साथै उक्त कार्यक्रममा आर्थिकवर्ष २०७७र०७८ को रकम विनियोजित वडाको योजना जनता माझ टोल समितिको संयोजक बाट बितरण गरिएको आलेले बताए ।