तेज बहादुर गुरुङ,नवलपुर । रुपन्देहीको मणिग्राममा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
मंगलबार साँझ तिलोत्तमाको नयाँ मिलबाट मणिग्रामतिर जाँदै गरेको लु ५३ प २८७६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा तिलोत्तमा-११ का ५४ वर्षीय नारायण प्रसाद बस्यालको मृत्यु भएको प्रादेशिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनापछि घाइते बस्याललाई मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।