कावासोति । पूर्वि नवलपरासी कावासोतिको ब्यलु हेवन होटलमा कावासोतिका युवाहरुसँग छलफल एबम् अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा निम्न एजेण्डाहरुमा छलफल गरिएको थियो ।
- एजेण्डा हरु १९संस्थाले सञ्चालन गर्ने तयारी रहेको, नव उत्प्रेरणा त्मक श्रृङ्खला ूयुवाू का सम्बन्धमा
-२९युवाहरुको क्षमता अभिवृद्धि, व्यक्तित्व विकास, आर्थिक तथा सामाजिक पाटोको उत्थान, भेदभाव र सामाजिक हिंसा लगायतका सामाजिक मुद्दा जस्ता विषय आदि कुरामा चेतना अभिवृद्धि का लागी गठन गरिने ूनवलपुर स्वयमसेवक दलू गठन सम्बन्धमा
- ३९युसामैत्री समाज निर्माणमा स्वयं युवाहरुको भूमिका ।
कावासोती नगरपालिका उपमेयर श्री प्रेम शंकर मर्दनियाको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा डयाड नेपाल संस्थाका अध्यक्ष किरण भुर्तेल , ज्योति लाइफ इन्सुरेन्सका साखा प्रमुख गगन न्यौपाने , समाजसेवी व्यक्तित्व टम्वराक अहमाद मिया एबम् राजेन्द्र पाण्डे पाल्नु भएको थियो साथै कावासोती नगरपालिका का १७ वटा वार्ड बाट एक एक जना गरी वडाको प्रतिनिधित्व गर्दै १७ जना युवा साथीहरुले सहभागिता जनाउनु भएको थियो । कार्यक्रम मा संस्थाको तर्फ बाट स्वागत मन्तब्य शिसिर गैरेले राखनु भएको थियो भने कार्यक्रमको संचालन घनश्याम सुवेदि ले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा ज्योति लाइफ इन्सुरेन्सका साखा प्रमुख गगन न्यौपानेले युवाहरु ब्ेरोजगार रहेको आफ्रनो हकअधिकारका लागि स्थानिय र केन्द्रिय सरकारसँग धाउदा धाउदा आजित भएर रहनु परेको, हाम्रो सरकारले युवा शक्तिको सदुपयोग गर्नु पर्ने र उनिहरुलाई सक्रिय वनाउन सके बिकास तिव्र हुने बताउनु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष इश्वर गैंरेले सभाध्यक्षको रुपमा आसन ग्रहण गर्नु भएको थियो ।