कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा एक जना सेवाग्राही कुटिएका छन् । गैडाकोट नगरपालिका १ घर भएका तिर्थराज पौडेल माथि सांघातिक हमला भएको हो । प्रत्यक्षदर्शीका अनुसार मालपोत कार्यालयमा धितो रोक्का लागि आएका पौडेल कार्यालय आएको २ घण्टा वित्तिसक्दा पनि कार्यालयमा निवेदन समेत दर्ता नगरिदिएपछि आक्रामक भएका थिए ।
कर्मचारीले समयमै सेवाग्राहीको काम नगरिदिएको भन्दै कार्यालय प्रमुख देखि जिल्ला प्रशासनसम्म गुनासो गरेका उनलाई एक्कासी ४÷५ जनाको समूहमा आएकाले कुटपिट गरेका थिए । प्रत्यक्षदर्शीहरुले मालपोत कार्यालयकै कर्मचारीहरुकै मिलेमतोमा कुटपिट भएको आशंका गरे पनि पीडित पौडेलले भने आफूमाथि गुण्डागर्दी शैलीमा आक्रमण भएको र आक्रमणकारी आफूले नचिनेको बताए । अहिले मालपोत कार्यालय कावासोती तनाबग्रस्त रहेको छ ।
कावासोतीको मालपोतमा सेवाग्राही कुटिए