प्रिय धन , हुप्सेकोट
२३ असोज २०७७
पुर्वी नवलपरासीको हुप्सेकोट गाउपालिकामा शहरी खानेपानीको भवनको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । देउराली हुप्सेकोट शहरी खानेपानी आयोजनाका लागि आवश्यक भवन को शिलान्यास गरिएको हो । देउराली सोतिखोला खानेपानी तथा सरसफाई उपभोक्ता समुह शहरी बन्न लागेको हो । आज बिहान ८ बजे वडा नम्बर ३ चौरङ्गीमा करिब ८३ लाख ३६ हजारको लागत मा बन्न लागेको ७ कोठे भवनको हुप्सेकोट गाउपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डे ले शिलान्यास गर्नुभएको हो । साथमा वडा नम्बर ३ का वडा अध्यक्ष छबिलाल मिधुन , प्रस्तावित देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष मेक बहादुर पुलामीले शिलान्यास गर्नुभएको हो । शहरी आयोजना सञ्चालन भएपछि हुप्सेकोट गाउँपालिका का वडा नम्बर १,२,३ र ४ का केही भाग मा खानेपानी को समस्या नहुने हुप्सेकोट गाउँपालिका का अध्यक्ष लक्ष्मी देवी पाण्डे ले बताउनुभयो । त्यसबाहेक का क्षेत्रका लागि पनि खानेपानी का लागि विशेष योजना ल्याउने पाण्डेले बताउनुभयो । त्यस्तै शहरी आयोजना मा गएपछि उपभोक्ता लाई खानेपानी को कुनै समस्या नहुने तथा आर्थिक हिनामिना नहुनेमा ढुक्क रहन समेत देउराली सोतिखोला खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक मेक बहादुर पुलामीले बताउनुभयो ।
सो संस्था ७७ करोड ९४ लाख मा शहरी आयोजनामा प्रवेश गर्दैछ । आयोजना आगामी २०७९ साल असार १४ गते भित्रमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।
सो शहरी खानेपानी आयोजना का लागि आवश्यक भवन को शिलान्यास कार्यक्रम मा हुप्सेकोट गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटा , देउराली सोतिखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरु , सरकारी ईन्जिनियर विशाल केसी , ए डी वि प्रतिनिधि ईन्जिनियर भानु नारायण श्रेष्ठ , हुप्सेकोट गाउँपालिका का वडा नम्बर १ का वडा अध्यक्ष चित्र बहादुर कानुङ , २ का वडा अध्यक्ष पदम बहादुर पौडेल , ३ वडा अध्यक्ष छविलाल मिधुन र हुप्सेकोट ४ का वडा अध्यक्ष रोशन थापा लगायत जनप्रतिनिधि , मयुर पोखरी सामुदायिक वन उपभोक्ता समुह बेलाहानी का अध्यक्ष मदन थापा लगायत विभिन्न समाजसेवी व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


