गंगा विश्वकर्मा , चोरमारा । जिल्ला अनुगमन समिति नवलपुरले जिल्ला भित्रको बजार अनुगमन कार्यलाई निरन्तरता दिइएको छ । असोज २० गते जिल्लाको पश्चिम त्रिबेणीबाट सुरुवात गरिएको अनुगमन कार्यको चौथो दिन शुक्रबार मध्यविन्दु नगरपालिकामा बजार अनुगमन गरिएको छ । नगरपालिकाको चोरमारा बजार र अरुणखोला बजारमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका बिक्रम सुबेदी जानकारी दिनुभयो । दशैँ तथा महत्वपूर्ण चाडपर्वका बेलामा कृत्रिम मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट, म्याद सकिएका वस्तुको विक्री तथा नापतौलमा ठगी हुन सक्ने हुदा जिल्ला अनुगमन समितिले बजार अनुगमन तीव्र पारेको सुबेदीले बताउनुभयो । यस वर्षको अनुगमनमा विगतमा भन्दा केहि गुणस्तरिय बस्तु व्यबसायीहरुले राखेको स्पष्ट पार्नुभएको । दर्पण एफ एम संग कुराकानि गर्दै नवलपुर उद्योग वाणिज्य संघका सदस्य राजेन्द्र पाण्डेले चाडपर्वकाे समयमा उपभोक्तासँग चर्को मूल्य लिइने मात्र होइन पुुराना तथा कमसल वस्तुको बिक्री र खासगरी खाद्यपदार्थमा मिसावट गरिने विगतको अनुभव सुनाउदै उहाले यस वर्षपनि अनुगमनलाई निरन्तरता दिइएको बताउनुभयो । उपभोक्ता हित संरक्षण मन्च नवलपुरका अध्यक्ष डोरमान गिरीले उपभोक्ता आफै पनि सचेत हुनुपर्ने बताउनुभयो । उपभोक्ताहरु चाडबाडामा मात्र नभइ सधैजसो उपभोग्य सामाग्रिमा ठगिएको बताउदै बजार अनुगमन निरन्तर हुनुपर्ने बताउनुभएको हो । सो अनुगमन घरेलू तथा साना उद्योग कार्यालय नवलपुरका प्रमुख बिक्रम सुबेदी , जिल्ला प्रशाशन कार्यालय नवलपुरका कर्मचारी , जिल्ला प्रहरी कार्यालय नवलपुरका नबिन कुमार थापा , नवलपुर उद्योग वाणिज्य संघका सदस्य राजेन्द्र पाण्डे , उपभोक्ता हित संरक्षण मञ्च नवलपुरका अध्यक्ष डोरमान गिरी लगायत पत्रकारको रोवहरमा गरिएको हो ।
चोरमारा र अरुणखोलामा बजार अनुगमन