नवलपुर । पूर्वी नवलपरासी गौडाकोटमा दाजुले आफ्नै ६ बर्षिय बहिनीलाई जबरजस्ती करणी गरेको घटना सेलाउन नपाउँदै फेरि अर्को कावासोति नगरपालिका कि १६ बर्षिय बालिका बलात्कृत भएकी छिन् । विहीबार राति ८ बजेतिर दिदीको घर सुत्न गएको बेला २६ बर्षीय मनबहादुर मुसहरले बलात्कार गरेका हुन् ।
नवलपुर प्रहरीका अनुसार दिदीको घर सुत्न जाँदै गर्दा बीच बाटोमा नै मुसहरले ति बालिकालाई जवरजस्ती तानेर लगेर बलात्कार गरेका थिए । प्रहरीले बालिकालाई बलात्कार गर्ने मुसहर र उनका सहयोगी विष्णु विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।
उनीहरुले बालिकालाई बाटोदेखि केही पर खेतमा लगेर बलात्कार गरेको नवलपुर प्रहरीले जनाएको छ । बालिकालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको नवलपुर प्रहरीले जनाएको छ ।