सुदुरमा मेडिकलको व्यवस्था सुगम बनाउन माग गर्दै अनशनरत डा गोबिन्द केसिको समर्थनमा साथ सबैको अभियान कावासोतिले आज इन्द्र चोकमा दिप प्रज्ज्वलनसहित सरकारको बिरुद्द प्रदशन गरेको छ । साथ सबैको सस्थाका संयोजक आर सि भट्टराइ को अगुवाइमा ' डा केसि जागेको र सरकार सुतेको आज २५ औ दिन ' , ' डा केसिको माग सम्बोधन गर ' , ' डा केसि जनतासग सरकार माफिया तन्त्र ' जस्ता नारासहित साथ सबैको अभियानले आन्दोलन गरेको थियो ।
कार्यक्रममा २०६९ असार २१ गते नेपालमा चिकित्सा क्षेत्रमा आमुल परिवर्तन गर्नुपर्ने मागसहित डा केसिले आफ्नो सत्याग्रह सुरु गरेका थिए । डा केसिको अनशन सुरु भए यता १३ पटक तत्कालिन नेकपा एमाले , नेकपा माओवादि सरकार र ७ पटक काङ्ग्रेश ले सरकार चलाएको छ । पटक पटक सहमति गर्ने समिति गठन गरेको भए पनि कुनै पनि सरकार गम्भिर नभएको अभियन्ताहरुले आरोप लगाएका छन । कार्यक्रममा सामाजिक अभियान्ता जितु खड्का ,कृष्ण कंडेल ,सुदिप चापागाईं ,हुमन पाण्डे , कृष्ण के सि ,उत्सब खरेल,मनिस गुरुङ , एल एन दवाडि आदि को उपस्थिति रहेको थियो । ' हामिले नवलपुरको सदरमुकामबाट डा केसिको समर्थनमा अभियान सुरु गरेका छौ , डा केसिका माग पुरा नभएसम्म हाम्रो अन्दोलन जारि रहने छ । ' साथ सबैको अभियानका संयोजक आर सि भट्टराइले बताए ।
गोबिन्द केसिको १९ औ सत्याग्रहको पक्षमा साथ सबैको साथ