चितवनमा आज (बुधबार) दिउँसो थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–१ का ९२ वर्षीय पुरुषको आज दिउँसो २ः१३ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
हिजो मात्रै श्वासप्रश्वास र खोकीको समस्या भइ ती वृद्ध अस्पताल भर्ना भएका थिए । दुई दिन अघि कोरोना भाइरस संक्रमण पुष्टि भएका ती वृद्धलाई कोभिड आइसीयूमा राखेर उपचार भइरहेको थियो ।
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा चितवनका मात्रै २८ जना पुगेको छ ।