बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ दुई तिहाईले पारित भएको छ ।
प्रदेश ५ प्रदेशसभाको मंगलबार बसेको छैठौं अधिवेशन तथा ३२ औं बैठकमा प्रदेश ५ सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले संसदमा पेश गरेको प्रस्ताव दुई तिहाईले स्वीकृत भएपछि स्थायी राजधानी भालुवाङ भएको हो ।
गत शुक्रबार मन्त्री केसीले संसदमा पेश गरेको प्रस्तावमा ३ वटा संसोधनको प्रस्ताव पेश भएको थियो । संसदमा मंगलबार भएको मतदानमा ६९ जना सांसदहरुले मन्त्री केसीको प्रस्तावको पक्षमा तथा १३ जना सांसदले विपक्षमा मतदान गरेका थिए ।
८७ जना सांसदहरु मध्ये ८२ जना सांसदहरु बैठकमा उपस्थित थिए ।