.आज दिउँसो बस्ने नेकपा सचिवालय बैठकले तीन मन्त्रालयमा मन्त्री नियुक्तिको बाटो खुला गर्ने तयारी गरेको छ ।
रिक्त मन्त्रालय तत्काल पूर्ति गर्ने र दशैंपछि मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारेमा अध्यक्षद्धय पुष्पकमल दाहाल (प्रचण्ड) र केपी शर्मा ओलीबीच सोमबार भएको भेटमा अनौपचारिक सहमति भएको थियो ।
सचिवालयमा आज सहमति जुटे पनि आजै मन्त्री नियुक्त हुने सम्भावना भने कम छ । 
नेकपाका एक सचिवालय सदस्यका अनुसार आजको सचिवालय बैठकको एजेण्डा भने जानकारी गराइएको छैन । ती सदस्यका अनुसार एजेण्डा नपठाए पनि रिक्त मन्त्रालयमा मन्त्री थप्नेसहितका विषयमा छलफल हुनेछ ।.