२० असोज, काठमाडौं । के कुनै मानिसका दाँत यतिधेरै शक्तिशाली होलान् कि दाँतले नै टेबुल उठाउन सकोस्, अझ मान्छे बसेको टेबुल ! धेरैका लागि एउटा हातले समेत उठाउन नसकिने टेबुल दाँतले उठाउने कल्पना त कसरी गर्नु ?
आम मानिसका लागि कल्पनाभन्दा बाहिरको यस्तो क्षमता स्पेनका एक युवकले चाहिँ दुनियाँलाई देखाइदिए । स्पेनको म्याड्रिडमा एक युवकले एकजना युवतीलाई टेबुलमा बस्न लगाएर उक्त टेबुललाई आफ्नो दाँतले टोकेर उठाउँदै विश्व कीर्तिमान कायम गरेका थिए ।