असोज १७ ,नवलपुर। नवलपुरमा महाअभियान हरेक दिन एक मुठी दान सामाजिक अभियानको पहलमा तथा विभिन्न सामाजिक संस्थाहरु JCI नवलपुर,हेल्प अर्गानाइजेसन,ड्याड नेपाल,हाम्रो संसार,कोइलापानी पोलस्टार क्लबको सहकार्यमा संचालित फुड बैंक कार्यक्रम निरन्तर रुपमा संचालन भएको छ।हुनेले दिएर जाउ ,नहुनेले लिएर जाउ भन्ने नारा सहित सुरु गरिएको फुड बैंक कावासोतीमा लगातार ९ दिनसम्म संचालन भएको थियो भने त्यसपछी डण्डा ,अरुणखोला र आज दुम्किबासमा सम्पन भयो । एकै ठाउमा संचालन गर्दा टाढाबाट खाद्यान्न सामाग्री लिन आउन कठिन भएकोले कार्यक्रम हरेक हप्ताको शनिबार फरक फरक चोकमा गरिएको फुड बैंकका संयोजक किरण भुर्तेलले बताए।लगातार ९ दिनसम्म कावासोतिमा संचालन भएको फुडबैकबाट ८७२ घरपरिवार,जिल्लाका ९ जना संचारकर्मी तथा डण्डामा ३५ ,अरुणखोलामा १२० र आज दुम्किबासमा १४३ घरपरिवारले खाद्यान्न प्राप्त गरेको अभियान्ता कृष्ण केसीले जानकारी दिए।फुडबैंक सङ्गै संचालन भएको मास्क बैंकबाट हालसम्म ३५०० बढी मास्क बितरण भएको उनले बताए । सामाजिक दुरि कायम गरेर संचालन भएको कार्यक्रम दिउसो २ देेखि ४ बजेसम्म दुम्किबासमा संचालन गरिएको र खाद्यान्न अत्यावश्यक परेमा घरै पुराइदिने फुडबैंक दुम्किबासका संयोजक दिल जङ्ग रायमाझीले बताए।स्थानीय समाजसेवी राज गुरुङको विशेष पहल र समाजसेवी कृष्ण के सी , खगिसरा न्यैपाने , प्रबिन सापकोटा, नेल्सन सुबेदि ,करुण लम्साल ,केशब खत्री आदि को उपस्थितिमा कार्यक्रममा रहेकोे थियो। हालसम्मको कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको महसुस गर्दै र नवलपुर जिल्ला लाइ "भोकमरि मुक्त" जिल्ला गराउने उद्देश्यले फुड बैंक कार्यक्रमलाई परिमार्जन गरि हङ्गर फ्री नवलपुर अभियान संचालन गरिने र उक्त कार्यक्रम सधै जारी रहने कार्यक्रम संयोजक किरण भुर्तेलले बताए।
फुडबैकको कार्यक्रम दुम्किवासमा भव्य रुपमा सम्पन्न ,१४३ परिवारलाइ खाद्यान्न वितरण