उत्तम कुमार थापा, बझाङ : श्रावण २७
निड्स नेपालद्वारा काेभिड १९ राेकथामका लागि खानेपानी सरसफाइ तथा स्वच्छता सामाग्री एवं याेजना हस्तान्तरण गरिएको छ ।
आज जिल्ला अस्पताल बझाङमा एक कार्यक्रमका विच काेभिड १९ राेकथामका लागि सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय सँगकाे समन्वयमा युनिसेफकाे सहयाेगमा covid - 19 Response and Flood Prepareness in sudurpaschim कार्यक्रम अन्तरगत निड्स नेपाल र जिल्ला अस्पताल बझाङकाे समन्वयमा अस्पतालकाे खानेपानी सरसफाइ तथा स्वच्छता सुधारका लागि सामाग्री हस्तान्तरण गरिएको हाे । अस्पतालमा आयाेजित निड्स नेपालका अध्यक्ष अञ्जु जाेशी भट्टकाे अध्यक्षतामा सुरुभएकाे कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर सन्दिव ओखेडा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बाेल्दै अञ्जु जाेशीले आफुहरुले काेरनाबाट बच्नकाे लागि सामाग्री दिएकाे बताउदै अस्पतालले आगामी दिनमा यसको सदुपयोग गरेर लैजान आग्रह गरिन ।
कार्यक्रममा बाेल्दै डाक्टर ओखेडाले सँस्थालाइ धन्यवाद दिदै अागामी दिनमा यसरी सरसफाइ सम्वन्धि र स्वच्छता सम्वन्धि सामाग्री हस्तान्तरण गर्ने दातालाइ आभार व्याक्त गरे। जिल्ला अस्पताल बझाङकाे परिसरमा सञ्चालन भएको कार्यक्रममा निड्स नेपाल नामक सँस्थाले सुदुरपश्चिमका विभिन्न जिल्लाका अस्पतालहरुमा स्वास्थ सामाग्री वितरण गरेको बताए । जिल्ला अस्पतालमा पुगेर एक हजार लिटरकाे स्टिल टङ्की ,पाच सय लिटरकाे टेडी,पेडल अपरेटर स्टेण्ड ,एक सेनेटाईजर चार वटा सेनेटाईजर पाच लिटर पेडल अपरेट ,तीन वटा फलर क्लिनर पाच गेलन देण्ड सेनिटाईजर ,पाचसय एमएल दस वटा साैचालय प्लागर, दुई वटा फलर क्लिनर, एक वटा कलनरतिन जाेडा पाेषण मेगेज सात थान पाेषण मेराेग प्लायर एक हजार थान गरि विभिन्न सामाग्री जिल्ला अस्पताल बझाङका डाक्टर शन्दीव ओखेडालाई हस्तान्तरण गरिएको हो ।
जिल्लामा यसरी निड्स नेपालले सरसफाइ स्वच्छता सम्वन्धि सामाग्री हस्तान्तरण गरेपछि जिल्ला बासिहरुले राम्रो सेवा पाएकाे र सरसफाइमा ध्यानाकर्षण भएको सेवाग्राही गणेश थापाले बताए । उनले भने यसरी परिवर्तन गर्नुपर्छ भन्ने महसुस पनि गरे , कार्यक्रममा जिल्ला स्थित जनसमुदायहरुकाे उपस्थिति रहेको थियाे। कार्यक्रम सञ्चालन भवराज रेग्मिले गरेका थिए । रेग्मीले आगामी दिनमा पनि सस्थाकाे सहयाेग र जिल्ला अस्पताल बझाङकाे सहकार्य हुँदै जाने विश्वास व्यक्त गरे।