प्रिय धन १४ असोज २०७७ l पूर्वी नवलपरासीको हुप्सेकोट गाउपालिका ६ का दुबै मृगौला पीडित गोप बहादुर सोमैका परिवारजनले आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् l हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ मौलाथर बस्ने ३८ बर्षीय गोप बहादुर सोमैका ज्वाईं गम बहादुर आलेले आर्थिक सहयोग गर्न अनुरोध गर्नु भएको हो l गोप बहादुर सोमै विगत डेड महिना देखि बिरामी हुनुभएको थियो l सुरुमा पिसाब पोल्ने लक्षण देखिएपछी गत भदौ ३ गते चितवनको पुरानो मेडिकल कलेजमा उपचारार्थ जानुभएका उहाको दुवै मृगौलाले काम नगरेपछि थप उपचारका लागि काठमाडौंमा रहेको नेपाल नेशनल अस्पताल कलंकीमा उपचाररत हुनुहुन्छ l उहाको अहिले हप्तामा २ पटक डाईलाईसिस गर्नुपर्छ l नवलपुरबाट हप्तामा २ पटक काठमाडौ जान सम्भव नभएकाले कलंकीमै कोठा भाडा गरि बस्नुपरेको हुदा थप आर्थिक समस्या रहेको पीडितका ज्वाईं गम बहादुर आलेले बताउनुभयो l उपचारका लागि मौलाथरमा रहेको जग्गा समेत बेचिसकिएकाले अब थप खर्च गर्न नसक्ने अवस्था रहेको आलेले बताउनुभयो l पीडित गोप बहादुर सोमैका श्रीमती र २ साना छोराहरु छन् l उनीहरु मौलाथरमा रहको हुप्सेकोट मा.वि. मा पढिरहेका छन् l दुवै मृगौला पीडित सोमैका ज्वाई गम बहादुर आलेले देश तथा बिदेशमा रहनुहुने आफन्तजन तथा अपरिचित नेपालीहरुलाई समेत मानवीय नाताले आर्थिक सहयोग गरिदिई उपचारमा सहयोग पुर्याउनुहुन अनुरोध गर्नुभएको छ l सहयोग गर्न इच्छुकले राष्ट्रिय बाणिज्य बैंक कावासोती नवलपरासी पुर्व शाखामा पीडित गोप बहादुर सोमै मगरको नाममा रहको खाता नम्बर ३२०००२६१४२१० मा आर्थिक रकम जम्मा गर्न सक्नुहुनेछ साथै सोमैका ज्वाई गम बहादुर आलेको मोबाइल नम्बर ९८०७४७९५४४ वा दर्पण एफएमको फोन नम्बर ०७८४१०११९ मा समेत टेलिफोन गरि सहयोग गर्न सक्नुहुनेछ l
हुप्सेकोटका दुवै मृगौला पीडितका परिवारद्वारा सहयोग गर्न अनुरोध