उर्मिला यादव ,नवलपरासी जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आइतबार जिल्लाको विभिन्न स्थानबाट अन्दाजी १ लाख ४३ हजार ४ सय मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ । भारतबाट अबैध रूपमा भन्सार छ्ली नेपाल तर्फ ल्याउदै गरेको उक्त मुल्य बराबरको मालसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय अमानिगन्जको प्रहरी टोलिले आज बिहान भारतबाट अबैध रूपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी ३२ हजार मुल्य बराबरको hymatic नामक ८ वटा किट्नाशक बिषाधि छर्ने इलेक्ट्रोनिक मेसिन पाल्हिनन्दन गाउपालिका २ गोपालपुरबाट बरामद गरेको छ । उक्त मेसिन साइकलमा राखी ल्याउदै गर्दा प्रहरी टोलिलाई सामान फाली साइकल लिइ मानिस भागेको प्रहरीले जनाएको छ। त्यस्तै गरि आइतबार दिउसो नै नेपालबाट भारत तर्फ अबैध रूपमा साइकलमा राखी लैजादै गरेको ७० हजार मुल्य बराबरको १४ बोरामा ७ सय किलो छोडा सिमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलिले पाल्हिनन्दन गाउपालिका वडा नम्बर १ भट्टीटोल बाट बरामद गरेको छ । त्यस्तै गरि नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ४ बोरामा १ सय किलो हरियो मटर सहित यु पि ५६ एच २२७६नम्बरको मोटर साइकल र मोटर साइकल चालक समेतलाई प्रहरी चौकी बसहियाको प्रहरि टोलिले प्रतापपुर गाउपालिका वडा नम्बर ५ बसहियाबाट आज दिउसो नियन्त्रणमा लिएको जनाएको छ । उक्त मटरको मुल्य अन्दाजी ६ हजार ४ सय र मोटर साइकलको रु.३५ हजार गरि कुल ४९ हजार ४ सय बराबरको रहेको छ भने बरामद भएका सबै सामान र १ मोटरसाइकल, १ जना मानिसलाई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
नवलपरासीमा मोटरसाइकल सहित अबैध मालसामान बरामद