सुनवल,आश्विन १३,। एन आई सी एशिया बैंकले दुर्घटना बीमा वापत रू.१० लाख बीमा रकम भुक्तानी गरेको छ । न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोल्नु भएका पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका अध्यक्ष राजकुमार शर्माको दुर्घटना पश्चात् मृत्युपछि वहाँकी श्रीमती सुनिता देवि शर्मालाई उक्त रकम भुक्तानी गरिएको बैँकले जनाएको छ । बैँकले आज प्रतापपुरमा एक कार्यक्रमका बिच एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको हो । त्यसैगरी बैंकको सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोल्नुभएका सुनवल-१ आवासमार्गका धन बहादुर श्रिस थापालाई मेडिकल बीमावापत एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा करिब रू.३८ हजार रकम भुक्तानी गरिएको बुटवल उपप्रादेशिक कार्यालयका प्रमुख राजन प्रसाद पोखरेलले जानकारी दिनुभयो । उहालाई दुवै किड्निको समस्या भएकाले उपचारको मेडिकल बिल पेश गरे बापत सो रकम भुक्तानि गरिएको प्रमुख पोखरेलले बताउनुभयो । हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाताको ‘डायमण्ड’ श्रेणीमा ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न अतुलनीय बीमा सुविधा प्रदान गरिएको छ । उच्च ब्याजदर र अतुलनीय फाइदाले भरिपूणर् यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूणर् रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिन्छ र सो सुविधाबाट प्राप्त हुने ग्राहक महानुभावहरूलाई फाइदा साच्चिकै चमत्कारिक रहेको छ । यस्ता अनुपम तथा अतुलनीय सुविधाहरू भएका कारणले बैंकले ल्याएको चमत्कारिक निक्षेप योजना ग्राहक महानुभावहरू समक्ष निकै नै लोकप्रिय बनेको बैँकले जनाएको छ । साथै यो खाता ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइनमार्फत खोल्न सक्ने समेत बैंकले व्यवस्था गरेको छ । यसअन्तर्गत निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क मोबाइल/इन्टरनेट, भाइबर बैंकिङ्ग, निःशुल्क आई भि आर सेवा, निःशुल्क ई-कमर्स सेवा, स्वीप इन-स्वीप आउट लगायत सेवाको फाइदा लिन सक्नेछन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले बचतमा नै बीमा सुविधा ल्याउदै आएको छ । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका २४६ जना भन्दा बढी ग्राहकले बीमा वापतको रू.१ करोड ९४ लाख भन्दा बढी रकम प्राप्त गरीसकेका छन् । बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक रहेको दावि गरिएको छ । कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
एन आई सी एशिया बैंकद्वारा रू. १० लाख दुर्घटना बीमा दावी रकम भुक्तानी