गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८३३ पुगेको छ | पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ २३ जनामा संक्रमण पुष्टि भएको हो।पछिल्लो समयमा संक्रमण पुष्टि भएका सबैजना कन्ट्याक्ट् ट्रेसिङबाट पहिचान भएको स्वास्थ निर्देशनालय पोखराले जानकारी दिएको छ।संक्रमित सबैलाइ आईसोलेसन ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ निर्देशनालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
गण्डकी प्रदेशमा थपिए २३ नया संक्रमित ,प्रदेशमा संक्रमितको संख्या ३८३३ पुग्यो